निर्वाचन आयोगका निर्णय सच्याउन एमालेकाे माग


काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनावकाे मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

नेकपा एमालेको आज आइतवार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी त्याे निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो । आयाेगले प्राविधिक कारणले स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्र हरियाे रङकाे छाप्ने निर्णय गरेकाे छ ।

एमालेले आउँदाे वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तहकाे चुनावका लागि चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया