सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोवार ?


काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदीको मूल्य यही कायम थियो ।

प्रतिक्रिया