
३८ लाख ठगी गर्ने वडाध्यक्ष पक्राउ
काठमाडाैँ- बारा प्रहरीले कलैया उपमहानगरपालिका– १४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ ।
तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र ८ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा वडाध्यक्ष जयसवाललाई कलैया बजारबाट शुक्रबार पक्राउ गरिएको कलैयाका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।
जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी सङ्घको अध्यक्ष पनि छन् ।



कागजपत्र |
