चिनियाँ विदेशमन्त्रीले हाइकिङका लागि शिवपुरी नै किन रोजे?


काठमाडौँ– तीन दिने नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यी आज बिहान शिवपुरी क्षेत्रमा हाइकिङ जाने भएका छन्। शुक्रबार भारत हुँदै नेपाल आएका उनी होटल द्वारीकामा बसेका छन्। यसपटक उनले शिवपुरी नै रोज्नुको पनि खास कारण रहेछ।

‘सुरक्षाकाे विषयलाइ मध्यनजर गरियाे, यहाँ तिब्बती शरणार्थीको संख्या पनि उल्लेख्य नै छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तो अवस्थामा अन्य क्षेत्रमा सुरक्षा चुनौती थपिने अनुमान गरेर चिनियाँ दूतावासले नै शिवपुरी छनोट गरेको हो।’

यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए। शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।

वाङले परराष्ट्रमन्त्री नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्ने छन्। शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ।
यी ले काठमाडौंबाटै पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको सुरक्षा स्रोतले बतायो।

प्रतिक्रिया