नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत


काठमाडौं –  नेपाल स्टक एक्सेन्च (नेप्से)मा आज (शुक्रबार) दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो ।

मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरले पुस २९ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया