मह’ जोडिका हरिवंशमा कोरोना, मदनकृष्णमा छैन


काठमाडौं– बरिष्ठ हास्य कलाकार मदकृष्ण श्रेष्ठको पिसिआर रिपोट नेगेटिभ आएको छ । कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङमा परेका श्रेष्ठको पिसिआर रिपोट भने नेगेटिभ आएको हो ।

श्रेष्ठले आफ्नो कोरोना टेष्ट पिसिआर रिपोट नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बिएण्डबी अस्पतालका डाक्टर निरज बैद्यको सहयोगमा घरमै   श्रेष्ठले पिसिआर टेष्ट गराएका थिए ।

‘हरिबंशले फोन गरेर रमिला र मेरो पिसिआर टेष्ट गराएको कोरोना पोजेटिभ पो देखियो भन्दा म एकछिन त झसङ्ग भएँ । किनभने दुई दिन बिहानदेखि बेलुकासम्म हामी एउटै सुटिङमा ब्यस्त थियौं’, उनले लेखेका छन् ।

उनी अगाडि थप्छन्,‘गाडी समेत एउटै चढेका थियौ । त्यसमाथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँचथरी औषधि खाइरहेको मानिस’ श्रेष्ठ लेख्छन् ‘हुन त मलाई केही हुँदैन भन्ने ढुक्कै थिए । तै पनि क्याहो क्याहो भन्न सकिन्छ र ।’

‘ह’लाई समातेपछि ‘म’ लाईमात्र के बाँकी राख्ला र । समात्यो होला बजियाले भन्याजस्तो गरि मेरो पालो चुपचाप घरमै आइसोलेसमा रहे’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया