अनसनरत डा. केसी र सरकारबीच वार्ता सम्पन्न, अहिले ९ः३० मा अनशन ताेड्दै डा. केसी


काठमाडौं । २७ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीचको वार्ता २४ असोज अर्थात् शनिबार मध्यरातमा सहमतिमा टुङ्गिएको छ ।

योसँगै हुम्लाबाट २७ दिनअघि अनसन सुरु गरेका डा. गोविन्द केसीले अहिले बिहान साढे ९ बजे अनसन तोड्ने भएका छन् ।

चिकित्सा शिक्षा तथा यस क्षेत्रको सुधारको माग राख्दै डा. केसी २७ दिन यता अनसनमा थिए ।

शनिबार दिनभर डा. केसी र सरकारी पक्षका वार्ता टोलीबीच छलफल भएपछि ८ बुँदे सहमति पत्रमा डा. केसी र सरकारी पक्षको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया