

अदालतमा चोरी गर्ने युवक पक्राउ

पर्वत – जिल्ला अदालत कास्कीमा बुधवार राति चोरी गरेका एक युवक पक्राउ परेका छन्।
बुधबार राति अदालतको एक नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला फोडेर इजलासको भित्र काठको टेबलमा रहेका कागजात यत्रतत्र छरिएको अवस्थामा भेटिएका थिए। चोरले इजलासका कागजात समेत चोरेको हुन सक्ने अनुमान गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव निरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई पक्राउ गरिएको हो।
प्रहरीले गरेको अनुसन्धानमा अभियुक्तले विगतदेखि नै विभिन्न अपराध गर्दै आएको पाइएको छ। अदालतमा हराएका कागजात वा अन्य सामग्रीको बारेमा अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए।

