

अबको मूल पार्टी नै जसपा हो : डा. भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको मूल पार्टी जसपा हुने दाबी गरेका छन् ।
भट्टराईले सामाजिक संजाल ट्वीटरमार्फत कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको बताउँदै अबको मूल पार्टी जसपा नै हुने उल्लेख गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है। कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ। कम्युनिष्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ। अर्को तत्काल सानो तर, भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो जसपा त्यसको भ्रूण हो।’
उनले कम्युनिष्ट पार्टी टुक्रा भए पनि एउटै धार भएकाले अझै केही समय रहने विश्लेषण गरेका छन्।
नेपाली राजनीतिको दुइ हैन तीन धार हुनेछ है!कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ।कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ।अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो!जसपा त्यसको भ्रूण हो!
— Baburam Bhattarai (@brb1954) March 24, 2022

