

ग्रिन भेन्चर लिमिटेडको आइपिओमा दुई दिनमै साढे चार गुणा बढी आवेदन

काठमाडौं – ग्रिन भेन्चर लिमिटेडको आइपिओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ । कम्पनीको ८ चैत्रदेखि ३१ लाख २५ हजार कित्ता साधारण सेयर आइपिओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।
सिडिएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नाै लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नाै हजार ३९० कित्ता सेयर आवेदन परेको छ।
कम्पनीले आइपिओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर म्युचल फण्डलाई बाँडफाँड गरिनेछ । उक्त आईपिओमा चैत ११ गते सम्म आवेदन दिन सकिनेछ ।

