एकैदिन ११ सयले बढ्यो सुनको मुल्य, प्रतितोला कति ?


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ ।  सुनको मूल्य बिहीबार तोलामा १ हजार १०० रुपैंयाले बढेको  हो ।बुधबार प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर प्रतितोला १ लाख ३०० रुपैंयामा कारोवार हुने सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंयामा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १ हजार ३७५ रुपैंयामा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैंया रहेको छ ।

प्रतिक्रिया