डिस होमले बोलायो साधारण सभा, आईपीओ निष्कासनको प्रस्ताव


काठमाडौं –   डिस मिडिया नेटवर्क ‘डिस होम’ले साधारणसभा बोलाएको छ । कम्पनीले चैत १५ गते साधारण सभा बोलाएको हो । सभामा ७ वटा विशेष प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ । यो सँगै सभाले स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । त्यस्तै पूँजी बढाउने प्रस्ताव अगाडी सारे सँगै अधिकृत पूँजी बढाउने विशेष प्रस्ताव रहेको छ ।

कम्पनीले बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ तर कति प्रतिशत भनेर उल्लेख गरेको छैन । त्यस्तै बोनस शेयर पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडी सार्नेछ । हकप्रद शेयरको प्रतिशत पनि सूचनामा खुलाइएको छैन । कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्काशन पछि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ ।

प्रतिक्रिया