

प्रि ओपनः नेप्सेमा सामान्य वृद्धि, ७ कम्पनीको सेयर खरिदबिक्री

काठमाडौं – साताको कारोबारको चौथो दिन आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेको छ । यो सँगै, सूचक २६५१.४१ विन्दुमा आएको छ ।
७ कम्पनीको ८३५ कित्ता सेयर खरिदबिक्री भएका छन् । ४ कम्पनीको मूल्य बढेको छ भने ३ वटाको मूल्य घटेको छ । यस अवधिमा ५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

