एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य


काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।हिजो मंगलबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा  कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया