गृहमन्त्री खाणले गरे दुई जिल्लाका सिडिओ सरुवा


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाणले आजै दुई जिल्लाको सिडिओ सरुवा गरेका छन् । उनले दाेलखा र पर्वतका जिल्लाका सिडिओकाे सरुवा गरेका हुन् ।

दोलखाका सिडिओ टेकप्रसाद निरौला अवकाश भएपछि भोजराज खतिवडा सिडिओ बनेर गएको जनाइएकाे छ ।

यस्तै पर्वतकी सिडिओ देवी पाण्डे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आएको, त्यहाँ नारायणप्रसाद सापकोटा सिडिओ भएर गएका छन् ।

प्रतिक्रिया