सेयर बजार १६ अंकले बढ्यो, २ अर्ब ५१ करोडको कारोबार


काठमाडौं –  साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । दिनभर ३६ हजार ७७२ कारोबारबाट २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।

१० कम्पनीको मूल्य स्थिर रहँदा १०६ कम्पनीको बढ्यो भने ७७ को घट्यो । बैंकिङ ६, विकास बैंक ५६, होटल तथा पर्यटन २०, जीवन बीमा २६८, उत्पादन ४९, लघुवित्त २६, निर्जीवन बीमा ८४ र अन्य उपसमूह २८ अंकले बढे । व्यापार ८, जलविद्युत् १३ र फाइनान्स उपसमूह ७ अंकले घटे । इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो । केही दिनदेखि निरन्तर १० प्रतिशतले बढेको कम्पनीको मूल्य प्रतिकित्ता ६२८.८० पुगेको छ । राष्ट्रउत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो ।

आज बजारमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर १५ करोड ३३ लाखको कारोबार भएको छ । यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक करिब ११ करोडको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको साढे आठ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया