

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, नेपाल टेलिकमको सर्वाधिक कारोबार

काठमाडौं – साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा उक्लिएको छ । आज नेप्सेमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो ।
कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक १३२, फाइनान्स ५६, जलविद्युत् ८३, जीवन बीमा १६८, उत्पादन ३३, लघुवित्त ३३, निर्जीवन बीमा ४६ र व्यापार उपसमूह २८ अंकले बढे । अन्य ४२ र होटल तथा पर्यटन उपसमूह १३ अंक घटे ।
इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ । ङादी ग्रुप पावरको मूल्य ७.६ प्रतिशत बढ्यो । नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत घट्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता १५०४ रुपैयाँ कायम भएको छ ।
कारोबार रकमका आधारमा नेपाल दुरसञ्चार (टेलिकम) अगाडि रहेको छ । कम्पनीको सर्वाधिक २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण भ्यालीको ९ करोड २३ लाख, जीवन विकास लघुवित्तको ९ करोड ६ लाख,अपि पावरको ९ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

