

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको संस्थापक समूह तर्फको ३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १८५ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मुल्य अंकित गरि आवेदन दिन सकिने छ ।
शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मिति (चैत ७ गते) ले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

