

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडाैँ – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।हिजो आइतबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

