प्रि ओपन सेसनमा साढे ३ अंक बढ्यो नेप्से, १३ लाख बढीको कारोबार


काठमाडाैँ – साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ। अघिल्लो कारोबार दिन  आइतबार नेप्से १४.६७ अंक घटेर २६१६.५९ विन्दुमा बन्द भएको थियो । यस दिन सो सेसनमा ३.५५ अंक बढेर २६२०.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १७ स्टकको १३ लाख ४३ हजार २३८ रुपैयाँ बराबरको १ हजार ८५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ सटकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया