नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन


काठमाडौँ-  नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १४ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार ८५ रुपैयाँ ९ पैसा कायम भएको छ। यस अघि नेप्सेमा लघुवित्तको अन्तिम सेयर मूल्य १ हजार २ सय ८४ रुपियाँ रहेको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७३ प्रतिशत नगद लाभांश दिने भएको छ।

प्रतिक्रिया