नेप्सेमा २५ अर्बको ऋणपत्र सूचिकृत


काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार  २५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे ४ वर्ष अवधि भएकाे २०८२ ‘च’ नामकाे १५ अर्ब र ५ वर्ष अवधि रहेकाे २०८३ ‘च’ नामकाे १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

 

प्रतिक्रिया