

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा प्रिमियम भुक्तानी सुविधा ल्याएको छ। योसँगै ग्राहकले आफ्नो बीमा भुक्तानी खल्तीबाटै गर्न पाउने भएका हुन्।
यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो। यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।”
५ हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने कम्पनीले जनाएको छ।

