अस्तु सेलाउने क्रममा चिप्लिएर खाेलामा लड्दा एककाे मृत्यु


अछाम – अछामकाे मङ्गलसेन नगरपालिका ३ लाछिमनाका २८ वर्षीय मीनबहादुर ढोलीको खोलामा डुबेर ज्यान भएको हो ।

हिजाे बिहीवार दिउँसाे अस्तु सेलाउने क्रममा चिप्लिएर खाेलामा लड्दा उनको ज्यान भएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए ।

मलामी गएका ढोलीको शव कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयवासीले निकालेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया