गरिमा विकास बैंक र एनएलजी इन्सुरेन्सको बोनस सेयर मूल्य समायोजन


काठमाडाैं – गरिमा विकास बैंक र एनएलजी इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले गरिमाको १६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको मूल्य ४८१ रुपैयाँ ०३ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । बैंकको साधारण सभा चैत १८ गते बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

यस्तै, एनएलजी इन्सुरेन्सको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ७९९ रुपैयाँ ०९ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर अब आइतबार सेयर कारोबार खुल्नेछ । इन्सुरेन्सले चैत १७ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया