शिखर इन्स्योरेन्सको हकप्रदमा ५ लाख ८७ हजार कित्ता शेयर माग


काठमाडौँ – शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गरेको छ । शिखरले चुक्तापुँजीको ३० प्रतिशत हुन चैत १ गतेबाट आउने हकप्रद जारी गरेको  हो । कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको छ।

सीडीएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म कम्पनीको हकप्रदमा ११ हजार १७६ आवेदकबाट ५ लाख ८७ हजार ३२१ कित्ता शेयर माग भएको छ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका साथै शिखर इन्स्योरेन्सका रजिस्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यो हकप्रदमा आउँदो चैत २१ गतेसम्म आवेदन दिन पाइनेछ। हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन पाउँछन्।  हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया