अपि पावर कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने


काठमाडौँ – अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।  कम्पनी १० : ३.९३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ ।

स्वीकृती पाएसँगै अब कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने हालसम्म प्रकाशित गरेको छैन ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. ३ अर्ब ८४ करोड पुग्नेछ । कम्पनीले पुस मसान्तसम्ममा अर्थात् चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड ३० लाख नाफा कमाएको थियो  । सोही अवधिमा विद्युत् विक्री बापत कम्पनीले रू.३१ करोड ४६ लाख  आम्दानी गरेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

प्रतिक्रिया