नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा चैत २५ गते


काठमाडौँ-  नेपाल आयल निगम लिमिटेडको ४०औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको सभाकक्ष, टेकु, काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभाले ४०औं साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवम् खर्च अनुमोदन गर्ने,  आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया