७ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै सिटिजन्स बैंक


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी शारदा देवि प्रधानको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. १४३ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया