

एकैदिन १८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं – चैत महिनाको पहिलो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । एकैदिन सुन तोलामा १८०० रुपैयाँले ओरालो लागेको हो ।
सोमबार प्रतितोला १ लाख २ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ८०० रुपैंयाले घटेर प्रतितोला १ लाख ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

