

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडाैं – नेको इन्स्योरेन्स कम्पनी को प्रस्तावित १५ प्रतिशत बोनस सेयर लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । नेकोले साधारण सभा प्रयोजनको लागि चैत १ गते मंगलबार सेयर देखि सेयर दाखिल खारेजी गर्दैछ ।
यसअनुसार सोमबारसम्म सेयर खरीद गरी कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनि लाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

