सुन तोलामा ५०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोवार ?
काठमाडौं – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा पहेलो धातु सुनको मुल्य घटेको छ । आईतबारको तुलनामा सोमबार सुनको मुल्य ५०० रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबारको तुलनामा चाँदी भाउ सोमबार तोलामा १० रुपैयाँले घटेको हो । सोमबार चाँदीको भाउ तोलाको १ हजार ४१५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।
महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।