महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एन्ड स्पामा विशेष छुट


काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड रे रेट्रो होटल एन्ड स्पा प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रेट्रो होटल एन्ड स्पामा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल युगसँग ग्राहकलाई साक्षात्कार गराउने अभिप्रायका साथ विभिन्न शाखाहरुमार्फत जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन हुँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया