यातायात व्यवस्था कार्यालय रुम्जाटारमा सिभिल बैंकको नयॉ एक्सटेन्सन काउन्टर


काठमाडौं – सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका छन् ।

एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानीसजिलैसँग गर्न सक्नेछन् ।

बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया