

आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु, राष्ट्रिय र अन्य साना दल सहभागी

काठमाडौं – स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ ।
आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।
बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुनेछ ।
यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ।

