सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता


काठमाडाैँ – सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि.(खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख बिक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे ।

बैंक र खल्तीबीच भएको उक्त सम्झौतामा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई(बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्फत  चेक आउट गर्न सक्नुहुनेछ ।
सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया