भक्तपुरमा आफ्नै पत्नीलाई हानिकारक रसायन प्रहार


काठमाडौँ – भक्तपुरको सूर्यविनायकका एक वृद्धले आफ्नी पत्नीलाई हानिकारक रसायन प्रहार गरेका छन्। सूर्यविनायक–४ गाम्छाका ६५ वर्षीय श्याम गुभाजुले आफ्नी ६० वर्षीया पत्नी पूजा गुभाजुलाई आइतबार साँझ हानिकारक रसायन छ्यापेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

रसायन प्रहारबाट पूजा गम्भीर घाइते भएकी छन्। उनलाई उपचारको लागि तत्कालै किर्तिपुर अस्पताल लगिएको परिसका डीएसपी राजु पाण्डेले जानकारी दिए।

‘उक्त रसायन तेजाब हो कि अन्य केमिकल हो, खलिसकेको छैन,’ डीएसपी पाण्डेले भने, ‘पूजाको अवस्था गम्भीर छ। उहाँलाई उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादमा श्यामले पत्नीलाई एसिड छ्यापेका आफन्तले बताएका छन्।

प्रतिक्रिया