नेपाली कांग्रेस पूर्वी नवलपरासीको सभापतिमा जिसी निर्विरोध
पूर्वी नवलपरासी – पूर्वी नवलपरासी कांग्रेस सभापतिमा जिसी निर्विरोध महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् । सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि जिसी निर्विरोध भएका हुन् ।
सभापतिमा शुक्रबार मनोनयन दर्ता गरेका जिसीलाई सभापति बनाउन घिमिरे सहमत भएकाे नेपाली कांग्रेस गण्डकी प्रदेशले जनाएकाे छ ।कांग्रेसमा ४२ वर्षदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन भएका हुन् ।
उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेकोकांग्रेस गण्डकी प्रदेशले जनाएकाे छ । कांग्रेस महासमिति सदस्य र जिल्ला सदस्यहरुका लागि शनिबार मतदान हुँदैछ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।