कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त


काठमाडौं –  कृषि विकास बैंक लिमिटेडको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो।

सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साँढे तीन वर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रवेश गर्नु अघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।

 

प्रतिक्रिया