


नेप्सेमा तीन कम्पनीको ९५ लाख ९९ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको ९५ लाख ९९ हजार ९२०.९६३९ कित्ता बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, सेञ्चुरी कमर्सियल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीको सृयर सुचिकृत भएको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ७३ हजार ८७६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
यस्तै, सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
यसैगरी प्रिमियर इन्स्योरेन्सको १५ लाख ३१ हजार २४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

