बिहीवार सेयर बजार बन्द


काठमाडौं –बिहीवार सेयर बजार बन्द हुने भएको छ । सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने भएको छ । यसैले आज सेयर बजार पनि बन्द हुने भएको हो ।

यसअघि बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक ले घटेर दुई हजार पाँच सय ४७ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको थियो । यो करिब दुई महिनायताकै न्यून बिन्दु हो । बुधबार धितोपत्र र ऋणपत्र गरि कारोबारमा आएका दुई सय २८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर खरिद–बिक्रीहुँदा तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया