साल्ट ट्रेडिङ्गको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ


काठमाडौं – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् । संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि उक्त पदमा रहेका संचालक समितिको अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण भई रिक्त भएको पदमा श्रेष्ठलाई चयन गरिएको हो ।

प्रतिक्रिया