चैत १५ पछि कर्मचारीको सरुवा नगर्नु : आयोग


काठमाडौं – निर्वाचन आयोगले आउँदो चैत १५ गतेपछि कर्मचारीहरुको काज तथा सरुवा नगर्न सरकारलाई आग्रह गरेको छ।

सोमबार बसेको आयोगको बैठकले चैत १५ गतेभित्रै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्ने र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा/पदस्थापन गरिसक्न भनेको छ।

चैत १५ भित्र संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरवन्दीको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन भएका कर्मचारीहरुको स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्न आयोगको अनुरोध छ।

आयोगले सोही निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको छ।

यसैगरी, आउँदो वैशाख १० गतेसम्म कोभिड-१९ विरुद्वको पूर्ण खोप लगाउने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ। आयोगले स्थानीय निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता भएको जनाएको छ।

प्रतिक्रिया