म निर्दोष छुः पल शाह


काठमाडौं – अभिनेता पल शाहले आफू निर्दोष रहेको दाबी गरेका छन्। आइतबार नेपाल प्रहरीमा आत्मसमपर्ण गर्नुअघि सार्वजनिक एक भिडियोमा शाहले आफू निर्दोष रहेको दाबी गरेका हुन्।

उनले भिडियोका अन्तिममा भनेका छन्, ‘आजदेखि प्रहरीमा सरेन्डर गर्दैछु। सम्मानित अदालतले जे निर्णय गर्नेछ, त्यसमा म खुसी हुनेछु।’

उनले आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ भर्खरै रिलिज भएको कारण आफ्नो टिम र दर्शकसँग हेर्न मन लागेको समेत बताएका छन्। उनले भनेका छन्, ‘नेपाल सरकारसँग आग्रह छ। एकचोटी चाहिँ यो बीचमा आफ्नो टिम र दर्शकसँग बसेर मुमि हेर्न इच्छा छ। सम्भव भयो भने गर्दिनुहोला।’

एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह ५ दिनयता फरार थिए। शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया