मदिरा सेवन गरी श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ


काठमाडौं – बाँकेमा एक व्यत्तिले मदिरा सेवन गरी आफ्नै श्रीतीलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।

बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

रोकायले मदिरा सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रमिलाको घाटीमा गम्भीर चोट लागेकाले बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमान अमर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया