पठनपाठन नभएको भन्दै विद्यार्थीले गरे राजमार्ग अवरुद्ध


हेटौँडा – हेटौँडा-११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठन नभएको भन्दै राजमार्ग अवरुद्ध गरेका छन्।

उनीहरुले विगत दश दिनदेखि शिक्षकहरुले तलब नपाएको भन्दै पठनपाठन नगराएको विरोधमा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरेर आन्दोलन गरेका हुन्। विद्यार्थी नेता झलक छत्कुलीको नेतृत्वमा विद्यार्थीले राजमार्गमा नाराबाजी गरेर अवरोध गरिरहेका छन्।

उनीहरुले १२ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन्। विद्यार्थीले नियमित पठनपाठन हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालयमा राजनीति गरेको आरोप उनीहरुले लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले घटनास्थलमा प्रहरी परिचालन गराएको जानकारी दिए।

प्रतिक्रिया