

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।
भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।
यसअघि पनि मध्यबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।

