जिल्ला वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला वन कार्यालय सिमरा, बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ-११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर भएको हो।

उनीहरुविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन्।

उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार हिनामिना गरेको आरोप छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी उल्लेखित बिगो जफतसमेत हुन माग दाबी गरिएको छ।

प्रतिक्रिया