शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई वटा खेल हुँदै


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

पुलिस ११ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा छ । समान खेलमा एपीएफ १४ अङ्क जोडेर आठौँ स्थानमा छ।

आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा छ ।

समान खेलमा सङ्कटा १५ अङ्क जोडेर सातौँ स्थानमा छ । ‘ए’ डिभिजनको उपाधि भने मच्छिन्द्रले जितिसकेको छ । ब्रिगेड ब्वाइज र च्यासल रेलिगेसनमा परेका छन् ।

प्रतिक्रिया