ओलीसँग बालकोटमै दोस्रो चरणको बैठक जारी


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक चरणको छलफल सकेर बालुवाटार निस्किएपनि लगत्तै अर्को चरणको वार्तामा बस्न फर्किएका छन् ।

बिहीबार राति पौने १० बजेतिर देउवा फेरि ओलीसँग बालकोटमै दोस्रो चरणको बैठकमा बसेका हुन् । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवाले ओलीसाग गरेको छलफललाई महत्वका साथ हेरिएको छ।

सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् ।

अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ । उक्त भेटमा प्रधानमन्त्री देउवा पत्नी डा. आरजु रााणा पनि सहभागी छिन् ।

प्रतिक्रिया